काठमाण्डौ । आजमात्रै आईपीओ बाँडफाँड गरेको महिला लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने संकेत गरेको छ। 

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान आयोजित आईपीओ बाँडफाँड कार्यक्रम महिला लघुवित्तले यस्तो संकेत गरेको हो। संस्थाका कार्यकारी निर्देशक कृष्ण न्यौपनेले संस्थाका पुँजी वृद्धि गर्न मर्जर तथा अन्य विकल्प सोच्न सकिने बताएका हुन्। न्यौपानेले संस्थाको पर्याप्त पुँजीकोष अनुपात रहेकोले पुँजी बढाउन कुनै समस्या नरहेको पनि बताए। 

चालु आर्थिक वर्षको दोस्रो वित्तीय विवरण अनुसार हाल संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ रहेको छ। यो आईपीओ बिक्रीपछि संस्थाको ४ करोड रुपैयाँ पुँजी थपिएको छ।  

दोस्रो त्रैमासमा संस्थाको रिर्जभमा १८ करोड रुपैयाँ छ भने खुद नाफा ५ करोड ४३ लाख रुपैयाँ रहेको छ। 

काभ्रेका साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर यो लघुवित्तको अधिकृतपुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ रहेको छ।