काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंसिर १४ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँ कुल १० प्रतिशतले हुन आउने ११ करोड २७ लाख ११ हजार ५२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago