काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि आइतबार आईसीएफसी फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्जले १०.५ प्रतिशत बोनस सेयरका लागि आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता सेयर २६२ रुपैयाँ कायम भएको छ। 

यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता २९० रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

यो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयरसहित ४.५ नगद गरी कुल १५ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज पुस १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत पुस १६ गते (बिहीबार) सम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिने योग्य हुनेछन्।