काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईसीएफसी फाइनान्स लिमिटेडले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६५.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६५.९२ प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १५ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी २२ करोड ९३ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको तुलनामा २९.८९ प्रतिशतले कम हो। गत वर्ष यस्तो आम्दानी ३२ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

संस्थाले १४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार २८.४२ प्रतिशतले बढाएर ३४ करोड ३६ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा २६ करोड ७५ लाख रुपैयाँमात्र थियो।

संस्थाले खराब कर्जा ०.६ प्रतिशतबाट घटेर ०.५१ प्रतिशतमा घटाउन सफल भएको छ। आधार दर पनि ८.४२ प्रतिशतमा सीमित बनेको छ। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.१६ रुपैयाँ रहेको संस्था छ। पीई रेसियो १४.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३८.१७ रुपैयाँ रहेको छ।