काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ। 

मंगलबार कान्तिपुर टेलिभिजनका सीईयो शिशिर पछाई र लिभिङ विथ आईसीटीका सस्थापक राजन लम्सालबिच आईसीटी अवार्डको प्रशारण सम्वन्धमा हस्ताक्षर सम्पन्न भएको हो। 

कान्तिपुर टेलिभिजनले इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एन्ड जेनेसिसका महत्वपुर्ण प्रि–इभेन्ट सेसनहरु प्रशारण गर्नेछ। विशेषगरी स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका प्रिजेन्टेसन तथा स्पिड डेटिङ र ग्रान्ड जुरी मिटिङका सेसनहरु विभिन्न ४ एपिसोडमा प्रसारण हुनेछ। 

यसैगरी पुस ८ गते हुने अवार्डको ग्रान्ड फिनाले टेलिभिजन र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण हुनेछ। 

हस्ताक्षर कार्यक्रममा कान्तिपुर टेलिभिजनका सीईओ पछाईले यो सहकार्यले स्टार्टअप र आईसीटीको क्षेत्रमा थप सम्भावना र अवसरहरु सृजना गर्ने बताए। 

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौ संस्करणमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई समेत समेटेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुँदैछ। यस वर्ष विभिन्न १२ विधामा अवार्ड घोषणा हुनेछ। विभिन्न विधामा ५०० भन्दा बढीको अनलाइन नोमिनेसन र सल्लाहकार समितिको सिफारिस रहेको थियो। आईसीटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ठ सल्लाहकारहरु छन्। 

स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डसँगै पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरु रहेका छन्। 

यसैगरी यस वर्ष निजी र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेसन आईसीटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आईसीटी अवार्ड र कर्पोरेट क्षेत्रका लागि डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरुमा पनि समावेश छन्। 

लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा हुने प्रविधि क्षेत्रको यस अवार्डको प्रि–इभेन्टका रुपमा गत कात्तिक १८ र १९ गते स्र्टाअप एन्ड आइडिया फेस्ट आयोजना भएको थियो। 

यसैगरी सातै प्रदेशमा गरेर त्यहाँका स्टार्टअपहरु खोज्दै उनीहरुलाई काठमाण्डौ ल्याएर बुटक्याम्प र इन्कुवेसन पनि सञ्चालन भएको थियो। अवार्डको छनौट प्रकृयालाई उत्कृष्ट बनाउन २५ भन्दा बढी जुरी मिटिङहरु सञ्चालन हुनेछन्। कान्तिपुर टेलिभिजनले ३ विधाका उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको आइडिया तथा पिचिङ सेसनलाई मसिंर १५ गतदेखि प्रशारण गर्नेछ। 

आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यस कार्यक्रमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेक कम्पनीहरु तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको सहकार्य रहेको छ।