काठमाण्डौ । आई पे रेमिट प्रा. लि. ले नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठकोे समय लाई लक्षित गरी आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो भन्ने विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत आई पे रेमिट को मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि हिजो शनिबारदेखि आगामी मंसिर ५ गते सम्म रहने छ ।
उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नुका साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टीभी जित्न सक्नेछन् । १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाईक जित्न सक्ने बताइएको छ । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिट प्रा. लि को आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आई पे रेमिट प्रा. लि ले आफ्नो स्थापना कालदेखि नै ग्राहकहरुलाई छिटो, छरितो तथा सर्वसुलभ रुपमा आफ्ना देशभरि छरिएर रहेका १० हजार भन्दा धेरै साझेदारहरुबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कुरा कम्पनीका मार्केटिङ्ग तथा सेल्स प्रबन्धक रुप नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago