काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको प्रथम चौमासमै मुलुकले दुुई अंक(डबल डिजिट)को आर्थिक वृद्धिदर हासिल गर्ने उद्घोष गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा गएको उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा प्रम ओलीले त्यस्तो उद्घोष गरेका हुन् ।
उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर बनाउन दुुई अंकको आर्थिक वृद्धिदर मात्र पर्याप्न नहुने दाबी गर्दै स्थिर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि हासिल गर्ने योजना रहेको बताएका थिए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुर्याउने योजना रहेको उनले सुनाएका हुन् ।
नेपाल चेम्वर अफ कमर्सले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिंदै ओलीलई सुुझाव प्रतिवेदन समेत बुुझाएको थियो ।
चेम्वरका अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक विशेष कार्यक्रमबीच २३ पृष्ठ लामो सुझाब प्रतिवेदन बुझाएका हुन् । बुझाइएको सुझाव प्रतिवेदन १८ बुँदे छ । त्यसमा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकासका लागि सुुझाव समेटिएको चेम्बरले जनाएको छ । यस्तै डुईङ बिजिनेशको लागत घटाउने, कानुनी शासनको प्रत्याभूति, औद्योगिक विकास तथा विदेशी लगानी विषयमा समेत सुुझाव समेटिएका छन् । यसैगरी, राजश्वतर्फ, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रालियम पदार्थ सम्बन्धी व्यवस्थालगायतका विषयमा पनि सुझाब पेश गरिएको छ ।
सुझाबको बुँंदामा अत्याधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिइनुपर्ने उपयुक्त हुने सुझाब छ ।
चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रको तर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी दिए । उनले तत्काल गर्न सकिने र दीर्घकालिन योजनाका सुझाबहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले चेम्वरले दिइएका सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा चेम्वरका निवर्तमान अध्यक्ष सुरेशकुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मल्होत्रा, इच्छाराज तामाङ, मानार्थ वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago