काठमाण्डौ । आउँदो आइतबारबाट मेरो सेयरमा प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्न पाउने भएका छन्।

मेरो सेयरमा क्षमता थपेर सुधार गरेको सीडीएससीले यो सुविधा प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो। आउँदो आइतबारको बेलुकासम्म प्रयोगकर्ताले मेरो सेयरमा पासवर्ड बिर्सेमा आफैँले रिसेट गर्न सक्ने सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिए। ‘यसका लागि फर्गेट पासवर्डको व्यवस्था हुनेछ’, उनले भने। 

सीईओ आचार्यले यो व्यवस्था युजर असिस्टेन्ट टेस्ट (यूएटी) गरेर पूर्ण रुपमा तयार गरिएको बताए। ‘सामान्य समस्या आएको थियो, जुन समाधान भइसक्यो’, उनले भने, ‘आइतबार बेलुकासम्म सबै लगानीकर्ताले यो नयाँ सुविधा मेरो सेयर पाउनेछन् ।’

आफूहरुले प्राविधिक परीक्षण गर्दा कुनै समस्या नआएको आचार्यले बताए। ‘यदि समस्या आइहालेमा पनि समाधान भइहाल्छ’, उनले भने।