काठमाण्डौ । मारुती सुजुकीको लोकप्रिय प्रिमियम ह्याचब्याक मारुती सुजुकी बलेनो छिटै नयाँ अवतारमा आउने भएको छ।

यो नयाँ ह्याचब्याक कारको नाम न्यु मारुती बलेनो राखिएको छ। आउँदो वर्ष यो कार लन्च गर्ने तयारी गरिएको छ।

हालै गरिएको टेस्ट राइडमा यो कारका तस्बिरहरु सार्वजनिक गरिएका छन्। जसबाट न्यु मारुती बलेनोको लुक र सम्भावित फिचरहरुका बारेमा थाहा पाउन सकिन्छ। 

यो कारले टाटा अल्ट्रोज, ह्युडई आई२०, होन्डा ज्याज र भोल्सवागेन पोलोजस्ता कारलाई टक्कर दिने अनुमान गरिएको छ।

मारुती बलेनो सबैभन्दा पहिले सन् २०१५ मा भारतीय बजारमा लन्च गरिएको थियो। त्यसको ठिक ४ वर्षपछि यो कारमा सानातिना परिवर्तन गरेर सन् २०१९ लन्च गरिएको थियो। 

अब आउने नयाँ बलेनोमा एक्सटिरियर र इन्टिरियरमा थुप्रै नयाँ परिवर्तन देख्न पाइने बतायएको छ। यो कार निकै लोकप्रिय छ। त्यसैले कम्पनीले अझै उत्कृष्ट लुक र आकर्षक फिचरका साथ आफ्ना ग्राहकमाझ ल्याउने तयारी गरेको छ। 

न्यु मारुती बलेनो नयाँ टेललाइटका साथ नयाँ डिजाइनको अलोय ह्विल्ज र नयाँ डीआरएल देख्न पाइनेछ। यसमा रिभाइज्ड फ्रन्ट ग्रिलका साथ अपफ्रन्ट हेडलाइट कलस्टर पनि देख्न पाइनेछ। 

अपडेटेड बलेनोमा नयाँ डिजाइनको ड्यासबोर्डका साथ फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, नयाँ सिट अपहोल्स्ट्री, अटो क्लाइमेट कन्ट्रोल, कीलेस एन्टी, पुस स्टार्ट÷स्टप बटनसमेत थुप्रै फिचरहरु राखिएका छन्। 

यो कारमा १.२ लिटर के१२एम भीभीटी पेट्रोल इन्जिनका साथ १.२ लिटर ड्युलजेट इन्जिन राखिएको छ। जुन एसएचभीएस माइल्ड हाइब्रिड टेक्नोलोजीबाट सुसज्ज्ति रहेको छ। 

यो नयाँ कार ५ स्पिड म्यानुअलका साथ सीभीटी अटोमेटिक गियरबक्स अप्सनका साथ आउनेछ। – एजेन्सी