काठमाण्डौ । क्यानडाको भ्यान्कुभरबाट बिहीबार अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको एअर क्यानडाको विमान ३६ हजार फिटको उचाइमा अचानक हल्लिन थालेपछि त्यसमा सवार ३५ यात्रु घाइते भएका छन् । 

उडान भरेको २ घन्टामै विमान टर्बुलेन्स (हावाको तापक्रमले उत्पन्न हुने अवस्थामा) मा फसेको थियो । टर्बुलेन्सका कारण विमान हल्लिन थालेपछि ३५ जना यात्रु घाइते भएका हुन् । 

विमानमा चालक दलका १५ जना सदस्यसहित २८४ जना यात्रु सवार थिए। टर्बुलेन्सका कारण यात्रु घाइते भएपछि विमानलाई होनोलुलु विमानस्थलस्थमा आपतकालीन अवतरण गरिएको थियो । त्यहाँ पहिलेदेखि नै उद्धार टोली खटेको थियो ।

घाइते यात्रुहरुलाई त्यहाँ तत्कालै प्राथमिक उपचार गरिएको थियो भने गम्भीर रहेका ९ जना यात्रुलाई भने अस्पताल भर्ना गरिएको छ। 
 

टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसलाई नाङ्गो आँखा वा परम्पारगत रेडारले पनि पत्ता लगाउन सक्दैन । विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ। – एजेन्सी