काठमाण्डौ । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ।
ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरुको आवागमन ट्रयाक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत ३ महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलोपटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा प्रत्येक दिन १० लाख ब्यारेल हुन थालेको छ।
गत आर्थिक वर्षमा भारतले खरिद गरेको कच्चा तेलको ०.२ प्रतिशत मात्र रुसले आपूर्ति गरेको थियो तर यो डिसेम्बरमा रुसबाट भारततर्फको निर्यात बढेर प्रतिदिन १.१९ मिलियन ब्यारेल पुगेको छ। जहाँ अक्टोबर २०२२ मा रुसबाट भारतलाई दैनिक ९ लाख ३५ हजार ५५६ ब्यारेल र नोभेम्बरमा ९ लाख ९ हजार ४०३ ब्यारेल प्रतिदिन तेल आपूर्ति भएको थियो।
गत वर्ष अक्टोबरमा नै भारतलाई तेल आपूर्ति गर्ने अन्य प्रमुख देश इराक र साउदी अरबलाई पछि पार्दै रुस पहिलो नम्बरमा पुगेको थियो। अहिले भारतले रुसबाट २५ प्रतिशत तेल खरिद गरिरहेको छ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार भारतको तेल आयातमा यो वृद्धि युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धपछि भएको हो। जसअन्तर्गत रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर तोकिएको छ।
रुसी तेल योभन्दा कम मूल्यमा उपलब्ध हुन थालेको उद्योग विज्ञहरू बताउँछन्।
भारत विश्वको तेस्रो ठूलो तेल उपभोक्ता र आयातकर्ता हो। यसले ८५ प्रतिशत आवश्यकता आयातबाट पूरा गर्छ। खरिद गरिएको कच्चा तेल रिफाइनरीहरूमा पेट्रोल र डिजेलमा परिणत हुन्छ। –एजेन्सी
8 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago