काठमाण्डौ । बैंकहरुमा झै आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुमा समेत मर्जरको लहर चल्ने देखिएको छ । 

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो संकेत गरेकी हुन् । 

उनले समान उद्देश्यका आधारमा स्थापना भई संचालित सहकारीहरुलाई एकआपसमा गाभिन प्रोत्साहित गरिने घोषणा गरेकी छिन् । 

चालु आर्थिक वर्षदेखि नै सहकारीहरुबीच पनि मर्जरको प्रसंग चले पनि सरकारबाट ठोस नीति भने सार्वजनिक भएको थिएन । तर, अब यो घोषणाले देशभर च्याउसरी उम्रिएका सहकारीहरुमा समेत मर्जरको लहर आउने देखिन्छ । 

चालु आर्थिक वर्षमै देशका केही क्षेत्रमा केही सहकारी आपसमा मर्ज पनि भइसकेका छन् । तर, सरकारले मर्जरका लागि प्रोत्साहन गर्ने नीति नै लिएपछि यो लहरको रुपमा अगाडि आउने देखिएको छ ।