चितवन । कृषि कर्जा मेलामा अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने बताएका छन्।
चितवनको भरतपुरतमा जारी नेपाल र एसियाकै पहिलो कृषि कर्जा मेलामा शुक्रबार आयोजित कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय संवाद अर्थसचिव मरासिनीले आगामी बजेट कृषि मैत्री आउने बताएका हुन्। ‘अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमीकता कृषि हुनेछ’, उनले भने, ‘कृषि प्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौंको कृषिजन्य बस्तु आयात हुने र युवाहरु रोजगारी नपाएको भन्दै विदेश जाने, यो भन्दा दुर्भाग्य के होला ?’
मरासिनीले सरकार कृषिका लागि अनुकूल वातावरण बनाउन तयार रहेको बताए। ‘सरकार अनुकूल वातावरण तयार गर्ने निकाय हो, निजी क्षेत्र, बैंक, कृषकले काम गर्ने हो’, उनले भने, ‘अनुकूल नीति बनाउन अर्थ मन्त्रालय प्रतिबद्ध छ। अगामी बजेट कृषिमैत्री आउँछ।’
कृषिको मुल्य श्रृखला जोडेर हाम्रो उत्पादनले उच्च मूल्य पाउने अवस्था रहँदा पनि कृषि क्षेत्रमा पछाडि गरेको मरासिनीले बताए। ‘हामीले अन्यत्रको बजार नभए पनि मध्यपुर्वको बजार क्याप्चर गर्नसक्छौँ’, उनले भने, ‘कृषिका लागि केही कानुनी सुधार गर्नुपर्ने भए त्यसको लागि सरकार तयार छ।’
मरासिनीले किसानमा वित्तीय साक्षताको कमी समस्याका रुपमा औँल्याए। ‘किसानले सहुलियत कर्जाको बारेमा जनकारी नपाएर बञ्चित भएको अवस्था छ, राज्यको नीति वित्तीय साक्षरताको कमीले गर्दा किसानसँग पुग्न सकेको छैन’,
संवादमा पूर्वमन्त्री गणेश शाहले वाटर, इनर्जी र फुडको कनेक्सन जोड्ने अपरिहार्य रहेको बताए। ‘किसानलाई उत्पादन गर्न मात्रै नभई बिक्री गर्न पनि सिकाउनुपर्छ, उत्पादक र उपभोक्तालाई कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिउँ’, उनले भने, ‘किसानका लागि कर्जा त छँदै छ कसरी शिक्षा दिने त्यसमा ध्यान पनि दिउँ।’
मेला गत बुधबारदेखि सुरु भएको हो। मेला शनिबारसम्म सञ्चालन हुनेछ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिको आयोजनामा भएको मेलामा नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजन रहेको छ।
27 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago