काठमाण्डौ । माछापुच्छ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने प्रतिबद्धता गरेका छन्।
काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा आज आयोजित बैंकको २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो प्रतिबद्धता गरेका हुन्। ‘गत वर्ष र यो वर्षको प्रतिफल मिलाएर आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गर्छौं’, महतोले भने, ‘आगामी २५ औँ वार्षिक साधारणसभाबाट सबैलाई खुसी बनाउने छौँ।’
गत आर्थिक वर्षका लागि बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। ‘राष्ट्र बैंकको नीतिअनुसार क्यापिटल एडुकेसी रेसियो कायम भएन’, महतोले भने, ‘त्यसैले बैंकले नाफा कमाए पनि यो वर्ष लाभांश दिन सकेनौँ।’
अध्यक्ष महतोले बैंकलाई जति चुनौती छन्, त्यति नै बढी अवसर पनि रहेको बताए। ‘प्रविधिलाई प्रयोग गरेर खर्च कम गरेर अघि बढ्नुपर्ने अवस्था छ’, उनले भने।
अध्यक्ष महतोले आफूहरु पनि मर्जरमा जाने विषयमा विचार गरिरहेको बताए। ‘हामी उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मात्रै मर्जर तथा प्राप्ति प्रक्रियामा जानेछौँ’, उनले भने, ‘तर, मर्जरमा नगए पनि हाम्रो बैंक मर्जरमा गएका अन्य बैंकभन्दा कम छैन भन्ने म विश्वास दिलाउन चाहन्छु।’
अध्यक्ष महतोबाट प्रस्तुत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सभाले अनुमोदन गरेको छ।
सभाले सञ्चालनमा उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देल निर्वाचित गरेको छ।
25 minutes ago
31 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago