काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्।

रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्। 

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षाभत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए।

सामाजिक सुरक्षाभत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने प्रतिबद्धता गरे।