काठमाण्डौ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ।
कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।
कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही वैशाख २७ गतेभित्र सटही गर्न सबैलाई आग्रह गरेको छ। त्यस्ता नोटहरु प्रचलित व्यवस्थाबमोजिम केन्द्रीय बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनियमको कारोबार गर्न केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेन्जहरुबाट सटही गर्न तथा गराउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।
वैशाख २७ गतेपछि त्यस्ता बैंक नोटहरु सटही गर्न केन्द्रीय बैंकलगायत इजाजतपत्र प्राप्त बैंक, वित्तीय संस्था र मनिचेन्जरहरु बाध्य नहुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ।
27 minutes ago
37 minutes ago
55 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago