काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।

२०७८ साल कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।