काठमाण्डौ । नबिल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबारहरु आज सोमबारबाट यथावत रुपमा सुचारु भएको छ। 

कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नका लागि बैंकले गत असार ४ गते दिउँसो ४ बजेदेखि आज सोमबार (असार ७ गते) बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरेको थियो। यो अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट÷प्रिपेड कार्डबाहेक), रेमिट्यान्सलगायतका सेवा एवं सम्पूर्ण बैंकिङ कारोबार पूर्ण रुपमा बन्द रहेको थियो। 

सम्पूर्ण स्तरोन्नतिको कार्य सम्पन्न भएकोले आजबाट सम्पूर्ण बैंकिङ कारोबारहरु सुचारु गरिएको बैंकले जनाएको छ। यो स्तरोन्नति प्रक्रियामा हौसला दिने, सहयोग गर्ने र धैर्य भई कुरिदिने ग्राहक, निक्षेपकर्ता, नियामक निकायहरुलगायत सबै सरोकारवालाहरुलाई बैंकले कृतज्ञता पनि व्यक्त गरेको छ।