काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँतिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको छ। 

उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सकिनेछ। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय सहटीको व्यवस्था गरिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए। 

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्। जसअनुसार रु. ५, रु. १०, रु.२०, रु. ५० र रु. १०० दरका एक÷एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको छ। 

नयाँ नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।