काठमाण्डौ । आपसमा गाभिएका समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आज मंगलबार (असोज ६ गते) देखि सुरु भएको छ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएको थियो।

दुवै लघुवित्तको गत असार ३१ गते सम्पन्न विशेष साधारणसभाले आपस गाभिने प्रस्तावलाई पारित गरेको थियो। यी दुवै संस्था १ः१ सेयर स्वाप रेसियोमा गाभिएका हुन्। 

समीट लघुवित्त नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत लघुवित्त हो। यसको १५ जिल्लामा कार्यक्षेत्र विस्तार छ। सजिलोसँग मर्जर सम्झौता गरेलगत्तै गत माघ २३ गतेदेखि समीट लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

सजिलो लघुवित्त भने नेप्सेमा सूचीकृत छैन। यो राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो। 

आपसमा गाभिएपछि यो संस्थाको केन्द्रीय कार्यालय गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा रहेको छ। संस्थाको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ पुगेको छ।