काठमाण्डौ । दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ।
काठमाण्डौको थापाथलीस्थित कम्पनीको बिक्री केन्द्रबाट आज बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको हो। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कम्पनीको हिजो बसेको बैठकले जिउँदो खसी–बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको थियो। ‘त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयाँमा खसी–बोका बिक्री गरिनेछ’, उनले भनिन्।
कम्पनीका अनुसार पहिलो चरणमा दाङबाट २०० वटा र मकवानपुरबाट २०५ गरी ४०५ वटा खसीबोका काठमाण्डौ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ। मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ।
खसी–बोकाको जिउँदो मूल्य गत वर्षजति नै रहेको सुवेदीले बताइन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago