काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु आज शुक्रबार (मंसिर १२ गते)बाट बिक्री खुला गरिएको छ।
एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ निष्कासन गरिएको हो। लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा मंसिर १६ गते र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत कात्तिक २१ गते निष्कासनको अनुमति दिएको थियो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो।
नेपालमा खुलामुखी म्युचुअल फन्ड निश्कासनको सुरुवात एनआइबिएल एस क्यापिटलले गरेको हो। तर, खुलामुखी म्युचुअल फन्ड भनेर सुरुवात गरिएको फण्डले बन्दमुखी प्रकृतिकै व्यापार गरेपछि नेपाली बजारमा खासै चल्न सकेन।
खुलामुखी म्युचुअल फन्डकै अनुभूत गराउन एनआइबिएल एस क्यापिटलले नसकिरहेको बेला एनआइसी एसिया क्यापिटलले भने खुलामुखी फन्ड ल्याउन लागेको हो।
क्यापिटलको यो फन्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ।
खुलामुखी म्युचुअल फन्डका इकाई बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन्। योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ। लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फन्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन्।
यसैबीच एनआइसी एसिया क्यापिटलले सेलेक्ट थर्टी नामको १ अर्ब रुपैयाँबराबरको बन्दमुखी फन्डका लागिसमेत धितोपत्र बोर्डमा आवेदन दिएको छ। यो फन्डले चाहि सेयर बजारका टप ३० कम्पनीमा मात्र लगानी गर्नेछ।
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago