काठमाण्डौ ।  नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरु आज पुस १ गतेबाट ५ दिनसम्म बन्द रहने भएका छन्। 

प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नका लागि सबै आय संकलन काउन्टर पुस ५ गतेसम्म बन्द रहने जानकारी गराएको हो। 

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नुपरेको सूचनामा जानकारी गराइएको छ।