काठमाण्डौ । आजदेखि कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइने भएको छ।
कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले अतिरिक्त मात्रा लगाउने निर्णय गरेको हो। मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाउन पाउनेछन्।
लक्षित व्यक्तिहरुले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई खोपको थप मात्रा लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको हो।
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago