काठमाण्डौ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आइतबार (आज) देखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिन सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई आजबाट बुस्टर डोज दिने निर्णय गरेको हो। यसका लागि गत शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै मन्त्रालयले अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो।
पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई मात्र बुस्टर डोज दिइनेछ। पहिलो र दोस्रो मात्रा जुन खोप लगाइएको हो, त्यही खोपको बुस्टर डोज दिइनेछ। खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गई बुस्टर डोज लगाउन सकिन्छ।
मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ।
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago