काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार आज पुस १७ गतेबाट सुरु भएको छ।
मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।
नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले समेत एनसीसी बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व गाभ्ने संस्था कुमारी बैंकले सकार्ने गरी मर्जर प्रक्रिया स्वीकृति प्रदान गरेको थियो।
मर्जरपश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौ–२ टंगालमा रहनेछ।
एकीकृत कारोबार प्रयोजनार्थ नेप्सेले आज पुस १७ गतेबाट १५ दिनका लागि कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ मा एकीकृत व्यवसायिक कारोबार गरेको मितिबाट गाभ्ने, गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का राख्न पाउने व्यवस्था गरिएको छ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago