काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडका लाभांश सुरक्षित गर्ने आज असोज ११ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आउँदो कात्तिक २ गते ११ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले कम्पनीको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।