काठमाण्डौ । नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि भोलि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज २८ गते वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

सभाले प्रस्तावित बोनस सेयरबराबरको चुक्तापुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले कम्पनीको अधिकृत एवं जारी पुँजी ५ करोड रुपैयाँ थप वृद्धि गरी १० अर्ब करोड कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ।