काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कमपनीले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश अनुमोदन गर्न बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
7 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago