काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्नेे आज मंसिर २० गते अन्तिम दिन रहेको छ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने भएका हुन्। 

बैंकले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश छन्। 

यसैगरी सभामा मेगा बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।