काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पर्सि मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज मंसिर २१ गते (भोलि मंसिर २२ गते सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस सेयर जारी गरेपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सोही सभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक समितिले स्वीकृत गरेको १००ः९० सेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैरीले विशेष प्रस्तावका रुपमा राखिने इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया सम्बनधमा भएका डीडीए रिपोर्ट, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु स्वीकृत गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago