काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आगामी फागुन ९ गते काठमाण्डौको सुन्धारास्थित बैंकको केन्द्रीय कार्यालयमा हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।