काठमाण्डौ । सोल्टी होटेल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ६ अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सोल्टी होटेलले आफ्नो ४८ औँ वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको छ। सभा काठमाण्डौको नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५ लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिश।त बोनस सेयर र २१.३१५ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
14 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago