काठमाण्डौ । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज वैशाख १४ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले भोलि वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले ले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार २१.९३ रुपैयाँको कुल ४.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago