काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते) अन्तिम मौका रहेको छ। 

यो लघुवित्तले लाभांश र वार्षिक साधारणसभाका लागि भोलि (वैशाख २३ गते) गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज (वैशाख २२ गते) सम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको बम्पर लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

संस्थाले गत आर्थिक वर्षका लागि कुल ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४९.४ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी २.६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको यही वैशाख ३० गते हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।