काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको ३५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज साउन १४ गते अन्तिम मौका रहेको छ।

नगद लाभांश वितरण प्रयोजनका लागि योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले भोलि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज साउन १४ गतेसम्म कायम इकाइधनीले यो फन्डले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश पाउन योग्य हुनेछन्। 

लक्ष्मी क्यापिटलको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सातवर्षे यो फन्डको कोष प्रवर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ।