काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको गत आर्थिक वर्षका लागि घोषित नगद लाभांश सुरक्षित गर्ने आज (साउन २८ गते) अन्तिम दिन रहेको छ।

एनआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको हो। योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यी दुवै योजनाको लाभांश प्रयोजना भोलि (साउन २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले यी योजनाहरुको नगद लाभांश पाउनेछन्। 

कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक रहेको यी योजनामध्ये एनआईबिएल प्रगति फन्डले करसहित ५० प्रतिशत र एनआईबिएल समृद्धि फन्ड–१ ले करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।