काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ९ गते) अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभाका लागि कामना सेवाले भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कामना सेवाले गत आर्थिक वर्षका लागि कुलन १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८.५ प्रतिशत बोनस सेयर र बाँकी ०.९७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको यही कात्तिक २३ गते हुने १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।