काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षका लागि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशतले हुन आउने बोनस सेयर र ३ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो पुस २ गते हुने ६२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।