काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये २ कम्पनीले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम मौका रहेको छ। 

स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। यी दुवै संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लाग भोलि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब आज मंसिर २२ गतेसम्म कायम सेयरधनीहरु यी दुई संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद लाभांश रहेका छन्।

संस्थाको आउँदो पुस ८ गते हुने पाँचौँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी आईसीएफसी फाइनान्सले कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) रहेका छन्।

यो लाभांश संस्थाको आउँदो पुस ५ गते हुने १८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।