काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ५ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले गत आर्थिक वर्षका लागि कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस सेयर ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश संस्थाको यही पुस १५ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।