काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद भर्न योग्य हुन आज पुस ८ गतेसम्म सेयरधनी हुनुपर्ने अन्तिम मौका रहेको छ। 

कम्पनीले हकप्रद निष्कासनका लागि यही पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ आज पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

समृद्धि फाइनान्सले २ः१ अनुपातमा कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रद बिक्रीपछि समृद्धि फाइनान्सको चुक्तापुँजी ८१ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सलाई गत मंसिर २९ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।