काठमाण्डौ । नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम मौका रहेको छ। 

मितेरी डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी कम्पनीहरुले भोलि पुस १४ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थि वर्षका लागि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको यही पुस २८ गते हुने १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ३० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस २८ गते हुने सातौँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

यस्तै नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षका लागि कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १६.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस २२ गते हुने छैटौँ वार्षिक साधारणसभाले पारित गर्नेछ।