काठमाण्डौ । सिभिल बैंक र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका सिभिल बैंक र रिलायन्स फाइनान्सले भोलि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

सिभिल बैंकले गत आर्थिक वर्षका लागि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश बैंकको यही पुस ३० गते हुने ११ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

यसैगरी रिलायन्स फाइनान्सले गत आर्थिक वर्षका लागि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने १२ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।