काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते अन्तिम मौका रहेको छ।

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो। यी दुवैले भोलि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी फाइनान्सको लाभांश पाउन योग्य हुनेछन्।

श्री इन्भेस्टमेन्टले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। 

यसैगरी गुहेश्वरीले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीको यही पुस २९ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।