काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ४ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछ।

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीले यही माघ २१ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।