काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंक गत आर्थिक वर्षका लागि कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ ८ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।