काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १९ गतेसम्म कायम सेयरधनीहरु मात्र यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।
कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावरलाई असार ९ गते १ः१.५ अनुपातमा अर्थात चुक्तापुँजीको १५० प्रतिशतबराबरको हकप्रद निष्कासनको अनुमति दिएको छ।
अनुमति पाएसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago