काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को लाभांश सुरक्षित गर्ने आज साउन २४ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले भोलि साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
सीआईटीले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago