काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म २ दिन कारोबार भएको छ। यो दुई दिनमै बजार लगभग ११० अंकले बढेको छ।
प्राविधिक रुपमा हेर्दा बजार दीर्घकालमा बुलिस यात्रामा लागेको देखिन्छ। तर, बजारले आज पनि यसअघिको १९९० मा पछिल्लो २ महिनाको अवधिमा ३ पटक प्रतिरोध सामना गरेरको देखिन्छ।
आज पनि दिनभरको कारोबारमा बजारले १९९० लाई ब्रेक गरेर इन्ट्रा डेमा लगभग १९९७ सम्म पुगेको देखिन्छ। यसले आज बजारले १९९० मा फल्स ब्रेक आउट गरेको बुझिन्छ। किनकि बजारले यहाँबाट फर्केर १९८३ मा आएर बन्द भएको छ।
आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा आज बजारले अप्पर ब्यान्डमा छोएर रातो स्पनिङ टप क्यान्डल बनेको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा कालो एरो)
आवरली चार्टमै म्याक्डीमार्फत बजारलाई हेर्दा २२ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म भ्यालिड नै छ। हिस्टोग्राम पनि सकारात्मक नै छ तर आज फिक्का बनेको छ। यसले बजारमा केही बिक्री दबाब परेको बुझिन्छ।
आरएसआईमार्फत हेर्दा आज ओभर बट जोन ८० मा पुगेर केही तल झुकेको छ। यसले पनि आज अन्तिम समयमा बिक्री आएको र अब आउने कारोबारमा पनि केही समय बिक्री दबाब आउन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 minutes ago
38 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago